संखुवासभा, – नेपाल अर्बुद रोग निवारण संस्था (NCRS) शाखा संखुवासभाको आयोजनामा विश्व क्यान्सर दिवस २०२५ को अवसरमा दीप प्रज्वलन कार्यक्रम हुने भएको छ।
पृथकतामा एकता” भन्ने नाराका साथ कार्यक्रममा क्यान्सर रोगको बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ। उक्त कार्यक्रम संखुवासभाको खाँदबारी युथ क्लबको सहकार्यमा सम्पन्न हुने भएको हो।
कार्यक्रममा स्थानीय समुदाय, सामाजिक संघसंस्था तथा सरोकारवालाहरूको उपस्थिति रहने छ। आयोजक संस्थाका प्रतिनिधिहरूका अनुसार यस किसिमका कार्यक्रमले क्यान्सर रोगसम्बन्धी जानकारी फैलाउन र प्रारम्भिक रोकथामका उपायहरूबारे सचेतना बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
नेपाल अर्बुद रोग निवारण संस्था (NCRS) ले नेपालभरि क्यान्सर रोगको रोकथाम, उपचार तथा जनचेतनाका लागि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ।