चिनियाँ प्रविधि कम्पनी अलिबाबाले आफ्नो नयाँ Artificial intelligence (AI) मोडेल Qwen 2.5-Max सार्वजनिक गरेको छ, जसले OpenAI को GPT-4.0, DeepSeek-V3, र Meta को Llama-3.1-4.05B भन्दा राम्रो काम गर्ने दाबी गरेको छ। कम्पनीले यसलाई लुनार नयाँ वर्षको अवसरमा सार्वजनिक गरेको छ, जुन चीनको AI क्षेत्रमा तीव्र प्रतिस्पर्धाको संकेत मानिएको छ।
२० ट्रिलियनभन्दा बढी टोकनमा प्रशिक्षित यो मोडेल अब अलिबाबा क्लाउडमार्फत व्यवसाय र विकासकर्ताहरूलाई उपलब्ध गराइएको छ। AI विज्ञहरूका अनुसार DeepSeek को open source र कम लागतमा उपलब्ध DeepSeek-V2 मोडेल का कारण गत वर्ष चिनियाँ प्रविधि कम्पनीहरूले मूल्य कटौती गर्न बाध्य भएका थिए।
यसैबीच, ByteDance ले पनि हालै आफ्नो नयाँ AI मोडेल अपडेट सार्वजनिक गरेको छ, जसले OpenAI को “o1” मोडेललाई केही परीक्षणहरूमा उछिन्ने दाबी गरेको छ।
विश्लेषकहरूका अनुसार, चिनियाँ प्रविधि कम्पनीहरूमा लागत-कुशल र उच्च प्रदर्शन दिने AI मोडेल विकास गर्ने दबाब तीव्र रूपमा बढ्दै गएको छ। यी प्रविधिहरू चीन मात्र नभई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्षम हुने गरी विकसित गरिएका छन्।