खाँदबारी, सङ्खुवासभा सदरमुकाम खाँदबारी स्थित श्री हिमालय माध्यमिक विद्यालयल स्थापना भएको ७५ वर्ष पूरा भएको अवसरमा विद्यालय परिसरमा हिरक गेट निर्माण गरिने भएको छ।
यस विद्यालयबाट २०५५ सालमा एसएलसी दिएका देश-विदेशमा रहेका पूर्वविद्यार्थीहरूको समूहले यो पहल गरेका हुन्। उक्त समूहले गेट निर्माणका लागि आर्थिक संकलन गरेर विद्यालय प्रशासनलाई सहयोग गर्ने निर्णय गरेको छ। उक्त गेट को अनुमानित लागत एक लाख पचास हजार खर्च हुने सो समूहले गरेको छ ।
गेट निर्माणले विद्यालयको गौरवपूर्ण इतिहासलाई प्रतिबिम्बित गर्ने अपेक्षा गरिएको छ। ७५ औं वार्षिकोत्सव (हिरक जयन्ती) को अवसरमा विद्यालयको भौतिक संरचना थप समृद्ध बनाउने लक्ष्य रहेको समूहले जनाएको छ।
यस पहलले विद्यालयप्रति पूर्वविद्यार्थीहरूको समर्पण र सम्मानलाई उजागर गर्ने विश्वास गरिएको छ।