डोनाल्ड जे. ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ ग्रहण गर्नुभएको छ। यो उहाँको दोस्रो कार्यकाल हो, यसअघि उहाँ ४५ औँ राष्ट्रपति हुनुहुन्थ्यो। ट्रम्पले आफ्नो शपथ ग्रहणलाई ‘अमेरिकाको मुक्तिको दिन’ भन्नुभएको छ।
ट्रम्पले पदभार ग्रहण गरेसँगै जो बाइडेनले ह्वाइट हाउस छोड्नुभएको छ र सत्ता हस्तान्तरण शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। ट्रम्पले आफ्नो पहिलो दिनमा करिब सय वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने योजना बनाउनु भएको छ, जसमा जनवरी ६, २०२१ मा क्यापिटल हिलमा आक्रमण गर्ने सबैलाई आममाफी दिने र अवैधानिक आप्रवासीहरूलाई देशनिकाला गर्ने आदेशहरू समावेश छन्।
यो घटनालाई विश्वभरबाट बडो कौतुहलताका साथ हेरिएको छ।