मंगलबार , चैत्र ११, २०८१

मंगलबार , चैत्र ११, २०८१

राष्ट्रपति पौडेलद्वारा ग्याल्पो ल्होसारको शुभकामना

image

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसार पर्वले सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैलाई शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत गर्ने बताउनुभएको छ।

नेपालका हिमाली क्षेत्रका शेर्पा तथा अन्य महायान बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार विविध कार्यक्रमसहित उल्लासपूर्वक मनाउने गर्छन्। पारिवारिक जमघट, आफन्त भेटघाट, गुथुक तथा खाप्से परिकार ग्रहण गर्दै यो पर्व मनाइने गरिन्छ।

संस्कृति, परम्परा र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने यस्ता चाडपर्वहरूले नेपाली समाजमा एकता कायम गर्न योगदान पुर्‍याएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ। साथै, ल्होसार पर्वले आर्थिक तथा सामाजिक रूपले समृद्ध नेपाल निर्माण गर्न सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ।

सम्बन्धित समाचार