सोमबार , माघ २८, २०८१

सोमबार , माघ २८, २०८१

गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्रको महत्व र आवश्यकता बारेमा जानकारी

image

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्रको महत्व र आवश्यकता बारेमा स्पष्टता दिएका छन्। उनले राष्ट्रिय परिचयपत्रलाई सुशासन प्रवद्र्धन, सहज सेवा प्रवाह, र अपराध नियन्त्रणका लागि अपरिहार्य भएको बताउँदै यसको कार्यान्वयनलाई अनिवार्य भएको जनाएका छन्। उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न पनि यस परिचयपत्रको आवश्यकतामा जोड दिएका छन्।

गृहमन्त्री लेखकले नागरिकको जैविक र व्यक्तिगत विवरणको सुरक्षा प्रति सरकार संवेदनशील रहेको र ती विवरणको दुरुपयोग नगर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “नागरिकको व्यक्तिगत विवरण राज्यसँग हुनु आवश्यक छ, तर यसको दुरुपयोग हुन दिँदैनौँ,” र डेटा सुरक्षा सन्दर्भमा सरकारले सधैं ध्यान दिने उल्लेख गरे।

सांसदहरुले राष्ट्रिय परिचयपत्रका व्यक्तिगत विवरणहरूको सुरक्षाबारे चासो राख्दै, सरकारसँग यसका सुरक्षाका बारेमा थप आश्वासन मागेका छन्। सांसद हृदयराम थानी र सरिता प्रसाईंले नागरिकको व्यक्तिगत विवरणहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएका छन्। समितिका सभापति रामहरि खतिवडाले पनि कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने जटिलताहरूलाई सरलीकृत गर्ने आवश्यकता उल्लेख गरे।

गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पनि राष्ट्रिय परिचयपत्र लागू गर्नका लागि हालसम्म गरिएका तयारीहरूको बारेमा जानकारी दिएका थिए।

सम्बन्धित समाचार