फोटो : प्रधानमन्त्रीको सचिवालय
काठमाडौं, – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल र इजरायल बीचको दुईपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्नका लागि विभिन्न क्षेत्रहरूमा छलफल भएको थियो। भेटमा सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति लगायतका महत्वपूर्ण क्षेत्रमा रहेको सहयोगको आदानप्रदानलाई थप अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यस अवसरमा राष्ट्रियसभाका सदस्य एवम् इजरायलका लागि पूर्व नेपाली राजदूत डा. अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि उपस्थित थिए।
यो भेट नेपाल र इजरायलका बीचमा विभिन्न क्षेत्रीय सहयोगको अवसरहरूलाई बलियो बनाउने प्रयासको रुपमा हेर्न सकिन्छ।