सङ्खुवासभा जिल्लाको माथिल्लो क्षेत्रमा निरन्तर वर्षासँगै हिमपातका कारण जनजीवन थप कष्टकर बनेको छ। चैनपुर नगरपालिका–१ गुफापोखरी आसपासका क्षेत्रमा गएरातिदेखि हिमपात भइरहेको छ।
गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का, र मकालु क्षेत्र लगायतका ठाउँहरूमा हिमपातका कारण चिसो अत्यधिक बढेको छ। यसले बालबालिका, वृद्धवृद्धा, र पशुचौपायामा प्रत्यक्ष असर पारेको छ। स्थानीय बासिन्दाका अनुसार, अहिले पनि हल्का वर्षासँगै हिमपात जारी रहेको छ, जसले गर्दा जनजीवन थप प्रभावित बनेको छ। चिसो मौसमका कारण दैनिक क्रियाकलापमा कठिनाइ भोग्नु परेको छ भने स्वास्थ्यमा पनि जोखिम बढेको छ।
स्थानीय प्रशासन र राहत संस्थाहरूले प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउन विशेष योजना बनाउनुपर्ने देखिन्छ।