शुक्रबार , माघ २५, २०८१

शुक्रबार , माघ २५, २०८१

सत्ता गठबन्धन दलहरुको बालुवाटारमा बैठक

image

काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी हुनुभएको प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

सरकार गठनको प्रक्रिया एवम् यसको प्रक्रियाबारे छलफल भएको बताइएको छ । चैत ६ गते विश्वासको मत लिनु भएका प्रधानमन्त्री प्रचण्डले यही साता सरकारलाई पूर्णता दिने तयारी गरिरहनुभएको छ ।

एमाले, रास्वपा र राप्रपाले सरकार छाडेपछि अहिले १६ मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा छ । आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर प्रधानमन्त्री प्रचण्डले चाँडै सरकारलाई पूर्णता दिने तयारी गरिरहनु भएको हो । एन.टि.भी.

सम्बन्धित समाचार