काठमाडौं – आज सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै छ। यस बैठकमा हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल हुने कुरा बताइएको छ।
यो बैठक सत्तापक्षका दलहरू—नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीका प्रतिनिधिहरूबीच हुनेछ। यसमा आगामी संसदको कार्यतालिका र सरकारको योजनाका बारेमा निर्णयहरू हुन सक्नेछन्।