मंगलबार , चैत्र ११, २०८१

मंगलबार , चैत्र ११, २०८१

नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको बैठक माघ ३० गते बस्ने

image

काठमाडौं–नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको बैठक यही माघ ३० गते बस्ने भएको छ। बैठक नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बिहान ११:०० बजे सुरु हुनेछ।

तरुण दल केन्द्रीय कार्यालयका मुख्य सचिव ठान प्रसाद पोखरेलले जारी गरेको सूचनाका अनुसार, बैठकमा संगठन विस्तारसम्बन्धी महत्वपूर्ण विषयमा छलफल हुने छ। विशेष गरी नेपाल तरुण दलको पूर्ण सदस्य वितरण प्रक्रियाबारे विस्तृत समीक्षा गर्ने एजेन्डा बैठकको मुख्य विषयवस्तु रहने छ। साथै, विविध विषयमा समेत छलफल हुने जनाइएको छ।

नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूलाई अनिवार्य रूपमा बैठकमा उपस्थित हुन आग्रह गरिएको छ।

सम्बन्धित समाचार