मंगलबार , चैत्र ११, २०८१

मंगलबार , चैत्र ११, २०८१

छ महिनामा कुनै सरकारले धेरै काम गर्न सक्दैन:डा. शेखर कोइराला

image

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले हालको गठबन्धन सरकारको परिवर्तनको सम्भावना नहुनको कारण स्पष्ट गरेका छन्। उनले भन्नुभयो कि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति आधारमा यो सरकार बनेको हो र त्यसैले सरकार परिवर्तनको कुनै कारण छैन।

उनले सरकारको कामको मूल्याङ्कन गर्दा भने, “छ महिनामा कुनै सरकारले धेरै काम गर्न सक्दैन,” भन्नु भयो र यसले संकेत गर्दछ कि सरकारका लागि अझै थुप्रै कार्य बाँकी छन्। सरकारलाई संविधान संशोधन, सुशासन र आर्थिक विकासमा गम्भीर कदम चाल्नु आवश्यक भएको भन्दै उनले संविधान संशोधनको विषयलाई जनतासम्म पुर्याउन पनि जोड दिएका छन्।

डा. कोइरालाले हालैको बेलायत भ्रमणको क्रममा त्यहाँका उद्योगपतिहरूसँग नेपालमा संयुक्त उद्योग खोल्नका लागि आग्रह गरेका छन्। यसबाट नेपालका दुई छिमेकी मुलुक—भारत र चीनसँगको व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन्।

सम्बन्धित समाचार