मंगलबार , चैत्र ११, २०८१

मंगलबार , चैत्र ११, २०८१

सहकारीमैत्री ऐन र नियमहरूको व्यवस्थापनका लागि अध्यादेश ल्याइएको जानकारी:देउवा

image

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी क्षेत्रमा देखिएका विकृति र विसंगतिहरूको अन्त्य गर्नका लागि सहकारीमैत्री ऐन र नियमहरूको व्यवस्थापनका लागि अध्यादेश ल्याइएको जानकारी दिएका छन्।
शनिवार पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै देउवाले भने, “वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका विभिन्न किसिमका विकृति र विसंगतिहरूको अन्त्य गर्नका लागि यो अध्यादेश ल्याइएको हो।”
उनले सहकारी आन्दोलनको विकास र बिस्तारका लागि सबै सहकारीहरूलाई सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन गर्नुपर्नेमा आफ्नो दलको प्रतिबद्धता व्यक्त गरे।
“सामान्य नागरिकहरूले सहकारीमा जम्मा गरेका लाखौँको बचत पीडित भएका छन्। सहकारी सञ्चालकहरूले रकमको अपचलन र दुरुपयोग गरेका छन्, त्यसैले वचतकर्ताहरूको रकमको ग्यारेन्टी हुनुपर्दछ,” देउवाले थपे।
सभापति देउवाले सहकारी आन्दोलनमा गुणात्मक सुधारले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार