प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ। सिंहदरबारमा भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन ३०० दिनभित्र स्तरोन्नति गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
मन्त्रालयले प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्रको मूल्याङ्कन चरण सकिन लागेको र चाँडै ठेक्का सम्झौता हुने जानकारी गराएको छ। प्रधानमन्त्रीले बजेट र कार्यक्रमको कार्यान्वयनमा ढिलाइ नगर्न आग्रह गर्नुभएको छ।
बैठकमा विभिन्न परियोजनाहरूको प्रगति र भावी योजनाबारे छलफल भएको थियो।