मंगलबार , चैत्र ११, २०८१

मंगलबार , चैत्र ११, २०८१

प्रधानमन्त्री ओलीद्वारा संविधान र लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता

image

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान जनताबाट निर्वाचित संविधानसभाले बनाएको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ। सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक विधिमा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो।

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गर्दै ओलीले भावनामा बगेर देश नबन्ने बताउनुभयो। साथै, मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास भइरहेको भन्दै प्रमुख दलहरू एकताबद्ध भएर प्रतिगमन रोक्न सफल भएकोमा धन्यवाद दिनुभयो।

राजसंस्थाबारे भइरहेको बहसप्रति टिप्पणी गर्दै उहाँले जनताको स्वीकृति बिना कोही राजा नबन्ने स्पष्ट पार्नुभयो। वर्तमान सरकार दुई ठूला दलको सहमतिबाट बनेको भन्दै, आफूले पूर्व घोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो।

सम्बन्धित समाचार