रशियाली वैज्ञानिकहरूद्वारा विकसित नयाँ प्लाज्मा आधारित विद्युतीय रकेट इन्जिनले मङ्गल ग्रहसम्मको यात्रा एकदेखि दुई महिनामा पूरा गर्न सक्ने सम्भावना देखाएको छ। परम्परागत इन्धनयुक्त प्रविधिको तुलनामा यो प्रविधिले अन्तरग्रहीय यात्रा समयलाई उल्लेखनीय रूपमा घटाउनेछ।
रशियन आणविक ऊर्जा निगम रोसएटोम द्वारा विकसित यस इन्जिनले चुम्बकीय प्लाज्मा प्रवेगक (magnetic plasma accelerator) प्रयोग गरी आवेशित कणहरूलाई १०० किमी/सेकेन्डको गतिमा प्रक्षेपण गर्छ। पल्स-पेरियोडिक मोड (pulse-periodic mode) मा सञ्चालन हुने यस इन्जिनले ६ न्युटन (N) सम्मको thrust उत्पन्न गर्न सक्छ। हाल यसको प्रोटोटाइप निर्माण भइसकेको छ र विस्तृत भू-परीक्षण (ground testing) प्रक्रिया अघि बढ्नेछ। यदि सबै परीक्षणहरू सफल भए, भने सन् २०३० सम्ममा यसको उडान संस्करण तयार हुने अपेक्षा गरिएको छ।
इन्जिनलाई मृदु (smooth) गतिको तीव्रता (acceleration) र मन्दता (deceleration) को लागि डिजाइन गरिएको छ, जसले अन्तरिक्ष यात्रीहरूलाई लामो दूरीको यात्रामा लाग्ने ब्रह्माण्डीय विकिरण (cosmic radiation) बाट सुरक्षित राख्न मद्दत गर्न सक्छ। साथै, भविष्यमा यस प्रविधिले ग्रहहरूबीचको कार्गो ढुवानी (cargo transport) लाई समेत सहज बनाउने सम्भावना रहेको छ।
यो प्रविधि सफल भएमा, अन्तरिक्ष यात्राको नयाँ युगको सुरुवात हुने अनुमान वैज्ञानिकहरूले गरेका छन्।