चाबहिलमा आज एक विशेष कार्यक्रमको बीच एभरेस्ट स्विट्स नामक मिठाई पसलको भव्य उद्घाटन गरिएको छ। यो पसल सिद्धार्थ बैंकको शाखा अगाडि, गोपीकृष्ण मुभिज हलको नजिक अवस्थित छ।
शुद्ध शाकाहारी परिकारहरूमा विशेषता रहेको यो पसलले उच्च गुणस्तर र मौलिक स्वाद प्रदान गर्ने लक्ष्य राखेको छ। पसलका सञ्चालकहरू मध्येका एक, समोद श्रेष्ठ,ले ग्राहकहरूलाई ताजा र स्वास्थ्यप्रद मिठाई तथा खानाका परिकार उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
अर्का सञ्चालक नवीन श्रेष्ठका अनुसार, यो स्विट्स पसलले विशेष गरी शुद्ध शाकाहारी पारखीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
सञ्चालक पंकज चौधरीले ग्राहकहरूलाई पसलको विशिष्ट परिकारहरूको स्वाद अनुभव गर्न निमन्त्रणा गर्नुभएको छ।
उद्घाटन समारोहमा स्थानीय ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो, जसले यो पसलप्रतिको उत्साह र रुचिलाई झल्काएको छ।