बेरूत/जेरूसेलम- इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरान र यसका क्षेत्रीय सहयोगीहरू इजरायलबाट पछि नहट्ने बताएका छन् । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी आक्रमण बढाएपछि शुक्रबार खामेनीले पछि नहट्ने बताएका हुन् ।
इरानले पनि मंगलबार इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको थियो । हिजबुल्लाह महासचिव हसन नसरल्लाहको इजरायलले हत्या गरेको थियो ।
‘यसका नेताहरूको हत्या गरे पनि यस क्षेत्रको प्रतिरोध पछि हट्नेछैन,’ खामेनीले तेहरानमा शुक्रबारको प्रार्थनाको नेतृत्व गर्ने दुर्लभ उपस्थितिमा आफ्नो भाषणमा नसरल्लाहको उल्लेख गर्दै इजरायलमाथिको आक्रमणलाई कानुनी र वैधानिक भने । -रोयटर्स