आइतबार , जेठ १०, २०८३

आइतबार , जेठ १०, २०८३

निशुल्क आँखा शिवीरमा मोतियाँ बिन्दुको सफल अप्रेसन

image

खाँदवारी, संखुवासभाको खाँदबारीमा रहेको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीको आयोजना तथा बिराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा निशुल्क आँखा शिवीर संचालन गरिएको छ । शुक्रबार संचालन भएको आँखा शिवीरमा ३६ जनाको मोतियाँ बिन्दुको सफल अप्रेशन गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका प्रमुख क्षितिज बरालले जानकारी दिए ।

शिवीरमा संखुवासभा, भोजपुर र खोटाङ्गबाट आँखा उपचारका लागि आएका मोतियाँ बिन्दुका समस्याग्रस्त बिरामीहरुको उपचार गरिएको बिराटनगर आँखा अस्पतालका नेत्र बिषेसज्ञ डा पारस चौधरीले बताए ।

सम्बन्धित समाचार