मंगलबार , असार १४, २०७९

मंगलबार , असार १४, २०७९

फ्रान्सेली राष्ट्रपतिइमानुएल म्याक्रोनले संसदमा बहुमत गुमाए ।

पेरिस: फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले आइतबार संसदमा आफ्नो बहुमत गुमाएका छन्। त्यसयता त्यहाँको राजनीति तातेको छ । हालै सम्पन्न चुनावमा फ्रान्सेली राष्ट्रपति म्याक्रोन र अति दक्षिणपन्थी नेता ले पेनबीच कडा प्रतिस्पर्धा भएको थियो । तर इमानुएल म्याक्रोनले यो बाजी जितेका छन् । संसदमा बहुमत गुमाएपछि इमानुएल म्याक्रोन आफ्नो कुर्सी बचाउन नयाँ गठबन्धनको बारेमा सोच्न बाध्य भएका छन् । किनकी अहिले सत्तामा बस्न जरुरी भइसकेको छ ।

image

राष्ट्रपति चुनावमा विजयी भएपछि म्याक्रोन आफ्ना सहयोगीहरूसँग अर्को राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनाउने बाटोमा थिए। तर पछिल्लो घटनाक्रमलाई हेर्दा उहाँको समर्थनमा जम्मा २००–२६० सिटको समर्थन रहेको छ, जुन २८९ सिटको बहुमतभन्दा कम हो ।

सम्बन्धित समाचार