काठमाडौ- नेकपा (माओवादी केन्द्र) ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा आईतबार साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढी भएको निष्कर्ष निकालेको छ ।
बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक सहयोग जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत तथा पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेकोछ ।