शनिबार , माघ ५, २०८१

शनिबार , माघ ५, २०८१

मनसुन बाहिरीनै लाग्दा अतिभारी वर्षाको प्रक्षेपण, सतर्क रहन सूचना जारी

image

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आउँदो आइतबारसम्म भारी एवं अतिभारी वर्षा हुने प्रक्षेपण गरेकोछ ।

प्राधिकरणले बिहीबार सूचना जारी गर्दै उच्च जोखिम रहेका जिल्लाहरूमा शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल गरेको छ । आगामी चारदिन धान नकाट्न तथा काटिसकेको भए तत्काल थन्काउन, तराई तथा मधेश क्षेत्रमा भुइँतलामा अन्नपात नराख्न, नदी किनाराका बस्ती र पहिरोको जोखिम भएका स्थानमा उच्च सतर्कता अपनाउन, माछा मार्न तथा दाउरा निकाल्न पनि नदी किनारमा नजाने आग्रह गरेको छ ।

बादल गर्जेको र चट्याङ् परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न, अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि जारी सूचनामा आग्रह गरिएको छ ।

यस अवधिभर पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी ‘अलर्ट’ मा रहन पनि प्राधिकरणले सर्वसाधारणमा अपिल गरेको छ ।

खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा रहन र विपद्को जोखिममा रहेको नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्न पनि आज जारी सूचनामा भनिएको छ ।

सम्बन्धित समाचार