काठमाडौं– पत्रकारिता छोडेर राजनीतिमा आउनुभएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको छ ।
मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गर्नुभएको हो । पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरिएको छ भने कार्यालय काठमाडौंको बसुन्धरामा रहनेछ ।
पार्टी दर्ताका लागि मंगलबार नै निर्वाचन आयोगमा निवेदन दिने लामिछानेले बताउनुभयो ।