बुधबार , अषोज ३०, २०८१

बुधबार , अषोज ३०, २०८१

राष्ट्रसङ्घीय महासभामा भागलिइ प्रधानमन्त्री ओली स्वदेश फिर्ता

image

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी भै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किएकाछन् । उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसङ्घीय महासभालाई प्रधानमन्त्री ओलीले असोज १० गते सम्बोधन गरेकाथिए ।

यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई राष्ट्रसङ्घीय महासभामा छलफल भएको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले महासभाको साधारण बहसको उद्घाटन र अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागीता जनाए ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क तर्फ प्रस्थान गरेकाथिए ।

सम्बन्धित समाचार