शनिबार , माघ ५, २०८१

शनिबार , माघ ५, २०८१

लगातारको वर्षाले देशभर ६२ जनाको मृत्यु

image

काठमाडौँ- दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ६२ जनाको मृत्यु भएको छ । त्यसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार विपद्का घटनामा परेर हालसम्म ३६ जना घाइते तथा ४३ जना सम्पर्कविहीन भएका छन् । देशभरिको ४४ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएकोछ।

प्रहरीले नेपाली सेना, सशस्त्र प्रहरी लगायत सबै निकाय सँगको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म एक हजार चार सय ५६ जनाको उद्धार गरिएको छ । उपत्यकामा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १७ जना बेपत्ता भएका छन् ।

सबै तस्विरः नेपाल प्रहरीको फेसबुक पेजबाट

सम्बन्धित समाचार