फोटो : सशस्त्र प्रहरीबलको फेसबुक पेजबाट
दुईदिन देखि भइरहेको वर्षाका कारण देशैभर आएको बाढी, पहिरो र डुबानका कारण शनिबार बेलुका सम्म मृत्यु हुनेको संख्या ८७ पुगेको छ । बाढी-पहिरोमा परेर ७२ जना बेपत्ता छन् भने ३६ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले हालसम्म ८७ जनाको मृत्यु भएको पुष्टि गरेकाछन् । काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, ललितपुरमा १८ र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो।
त्यस्तै काभ्रेमा १४, मकवानपुरमा ७, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनासहित गरेर ८७ जनाको मृत्यु भएको हो । खोजी तथा उद्धार कार्य जारीरहेकोले यो संख्या अझै बढ्न सक्ने छ।
त्यसैगरी बेपत्ता मध्ये काभ्रेमा २६, पाँचथरमा ५, झापामा ४, सिन्धुपाल्चोकमा ५ सहित विभिन्न जिल्लामा गरेर ७२ जना बेपत्ता छन् ।