बुधबार , अषोज ३०, २०८१

बुधबार , अषोज ३०, २०८१

विपद अपडेट: बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २२६ पुग्यो

image

काठमाडौँ- गतसाताको प्राकृतिक विपदमा परी मृत्यु हुनेको संख्या २ सय २६ पुगेको छ ।

नेपाल प्रहरी द्धारा जारी सूचना अनुसार उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरसहितका विभिन्न जिल्लामा गत शुक्रबार र शनिबार भएको भारी वर्षापछिको विपदबाट ज्यान गुमाउनेको संख्या मंगलबार २ सय २६ पुगेको हो ।

विपद्‌ पछिको बाढी, पहिरो र डुबानजन्य प्रकोपमा परी काभ्रेमा ६५ जना, ललितपुरमा ४०, धादिङमा ३९, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुरमा ७ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै भक्तपुर र सोलुखुम्बुमा ५/५ जना, सिन्धुलीमा ३ जना, झापा, धनकुटा, महोत्तरी, रौतहट र रुपन्देहीमा २/२ जना, उदयपुर, ओखलढुंगा, सप्तरी र रामेछापमा १/१ जनाको ज्यान गएको प्रहरीको पछिल्लो तथ्यांकमा उल्लेख गरिएकोछ ।

विपद्‌मा परी २५ जना बेपत्ता भएकाछन् भने १ सय ५९ जना घाइते भएका छन् । प्रहरीका अनुसार बेपत्ता मध्ये काठमाडौंमा २, ललितपुरमा १०, काभ्रेमा ६, पाँचथरमा ४, सिन्धुपाल्चोकमा २ तथा मोरङमा, सर्लाहीमा र पर्सामा १/१ जना बेपत्ता छन् । विपदमा परेका १३ हजार ६१ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय लगायतको सहयोगमा उद्धार गरिएको छ ।

गतसाताको भारी वर्षापछिको विपदबाट गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मानवीय क्षति भएको छैन ।

सम्बन्धित समाचार