मंगलबार , माघ ७, २०८२

मंगलबार , माघ ७, २०८२

शाओमी नेपालको अफर: दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार

image

काठमाडौं- शाओमी नेपालले यो वर्षको दशैंलाई रोमाञ्चक बनाउन नयाँ क्याम्पेन “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” घोषणा गरेको छ ।

यस क्याम्पेनमा ग्राहकवर्गले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने सक्नेछन्। त्यस्तै क्याम्पेन अवधिभर हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए जित्नेछन् भने चार जना विजेताहरूले रेड्मी वाच ५ एक्टिभ जित्न सक्नेछन्। क्याम्पेनको प्रमुख आकर्षण भनेको हरेकदिन एक जना भाग्यशाली विजेताले थाइल्यान्ड ट्रिप उपहार प्राप्त गर्नसक्नेछन् ।

यो योजनामा सहभागी हुन ग्राहकहरूले असोज १५ देखि असोज २४ सम्म शाओमी वा रेड्मी ब्राण्डका कुनै पनि स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि उक्त स्मार्टफोनको आईएमइआई वान नम्बरलाई ३६००० मा एसएमएस मार्फत पठाउनु पर्नेछ ।

उपहार योजना बारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भने, “हामी यस दशैंको उत्सवलाई अझ विशेष बनाउन ‘दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ क्याम्पेन ल्याउँदा अत्यन्त उत्साहित छौं । यसले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक पुरस्कारहरुका साथै थाइल्यान्ड यात्रा गर्ने अवसर पनि प्रदान गर्नेछ ।”

साथै ग्राहकहरुले शाओमीको लेटेस्ट मोडेलहरुको खरिदमा रु. ४००० सम्मको छुट पाउँन सक्ने पनि कम्पनीले जनाएको छ । यो विशेष अफर भने भाद्र ३० देखी कार्तिक ३० गतेसम्म लागु हुने छ ।

सम्बन्धित समाचार