बिहिबार , बैसाख १३, २०८१

बिहिबार , बैसाख १३, २०८१

अपर अरुण स्वदेशी पूजिले बनाउने हो : अध्यक्ष भोटखोला गाउँपालिका

image

संखुवासभाको भोटखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वाङछेदर भोटेले भोटखोलाको गौरव र गहनाको रुपमा रहेको अपर अरुण आयोजना बिदेशीलाई बनाउन दिने कुरा असम्भव रहेको बताउनुभयो । संखुवासभा–काठमाडौ जर्नालिस्ट एशोसियसनको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा कुरा गर्दे उहाँले आयोजना बिदेशीलाई बनाउन दिदा कुन हबिगत हुन्छ भन्ने कुरा अनुभवबाट सिकेको बताउनुभयो ।

यो आयोजना नेपालीहरुको आफ्नै लगानीमा निर्माण गर्नु पर्नेमा उहाँको जोड थियो । सबै भन्दा बढी यसको हकदार भोटखोलाबासी भएकाले भोटखोलाबासीको हितकालागि आयोजना बन्नु पर्ने उहाँको भनाई थियो । अहिले अध्ययन अन्तिम चरणमा पुगेको जानकारीमा आएको तर, यहाँका जनतालाई गुम्नाममा राखेर गरेको अध्ययनले कुनै अर्थ नराख्ने भएकाले यसमा भोटखोलाबासीको सहभागिता हुनु पर्ने पनि बताउनुभयो । यसको पहिलो शेयरको हकदार भोटखोलाबासि भएकाले भोटखोलाबासीले निःशुल्क शेयर पाउनु पर्ने उहाँको माग छ ।

आयोजनाका नाममा सुन्दर भोटखोलामा बिभिन्न बिकृति बढ्दै गएको भन्दै उहाँले यस क्षेत्रलाई बिकृति मुक्त बनाउनेमा जोड दिनुभयो । भोटखोलाबासीले यो आयोजनालाई अवसरका रुपमा लिएकाले यहाँको प्राकृतिक, सांस्कृतिक र वातावरण बिनासका कुरामा कुनै कम्परमाईज हुन नसक्ने पनि बताउनुभयो । सुन्दर गहना मास्ने कुरा छ । त्यसैले यसको उपयुक्त बिधि र प्रकृया हुन्छ । अध्यक्ष भोटेले पैसा हुनेले मात्र लगानी गर्ने नभई नहुनेलाई लगानी गर्ने बातावरण बन्नु पर्नेमा आफू प्रष्ट रहेको बताउनुभयो । २ छाक खानकै लागि पसिना बगाउनेको संख्या धेरै भएकाले बरु भोटखोला गाउँपालिकाले कस्को के स्तर हो भन्ने छुट्याउने बताउनुभयो ।

आयोजना निर्माणसंगै भोटखोला गाउँपालिकाले पाउने सेवा सुविधाको बारेमा आफू प्रष्ट रहेको पनि उहाँको भनाई थियो । भोटखेला क्षेत्र जलबिद्युतको हबको रुपमा रहेको भन्दै किम्माथांका अरुण, अपर अरुण जस्ता आयोजना यहाँ रहेकाले यसलाई सदुपयोग गर्न गाउँपालिका चनाखो रहेको उहाँको भनाई थियो । सबै भन्दा सस्तो र वातावरणीय दृष्टिकोणले राम्रो आयोजनाको रुपमा रहेको यस आयोजनालाई प्रदेश–१ को गौरवको आयोजनाको रुपमा अगाडी सार्दा राम्रो हुने उहाँको तर्क थियो । भोटखोला गाउँपालिका क्षेत्रमा युवा नेतृत्व आएकाले युवा सोंचकासाथ अगाडि बढ्ने उहाँको दृष्टिकोण छ ।

अपर अरुणको बिषयमा जिसस प्रमुख सुमन शाक्य, संखुवासभा उद्योगबाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानलगायत सिंगो संखुवासभाका नेतृत्वलागेको जानकारी पाएको भन्दै सबै मिलेर अगाडी बढ्न सकीने बताउनुभयो । उहाँले केन्द्रमा डा. बलबहादुर पराजुलीको संयोजकत्वमा समिति बनेको जानकारीमा आएको पनि बताउनुभयो ।

भोटेले अपर अरुणको मुद्धालाई संखुवासभा–काठमाडौ जर्नालिस्ट एशोसियसनले बिभिन्न चरणमा छलफल गरेको यसमा सबैको सहमति जुटाउनकोलागि पहल गरी रहेकाले यो आयोजनालाई अगाडी बढाउन कुनै अप्ठ्यारो नरहेको पनि बताउनुभयो । भोटेले भोटखोला क्षेत्र बिकासमा पछाडी परेको भन्दै सबै भोटखोलाबासीको सहयोग र एकताबाटै आफू अगाडि बढ्ने यो आयोजनालाई अगाडी बढाउने पनि बताउनुभयो ।

सम्बन्धित समाचार