बिहिबार , बैसाख १३, २०८१

बिहिबार , बैसाख १३, २०८१

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३० जनाको मृत्यु

image

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले बुधबार बिहानै अफगानिस्तान र पाकिस्तानको घनी जनसंख्या भएको भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। अफगान अधिकारीहरूले धेरै हताहतीको आशंका गरेका छन्। यूएसजीएसका अनुसार भूकम्प दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट ४४ किलोमिटर (२७ माइल) टाढा ५१ किलोमिटर गहिराइमा गएको थियो। तालिबान प्रशासनको प्राकृतिक प्रकोप मन्त्रालयका प्रमुख मोहम्मद नसीम हक्कानीले थप अनुसन्धान पूरा गरेपछि अपडेट दिने बताएका छन्।

अफगानिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणले यहाँ भूकम्पमा परी १३० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि गरेको छ । मिडिया रिपोर्टका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ। भूकम्पबाट सयभन्दा बढी घर ध्वस्त भएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको उनले बताए । साथै, एजेन्सीहरूलाई सहयोगको लागि आउन आग्रह गरिएको छ। तर भूकम्प प्रभावित क्षेत्र दुर्गम भएकाले यहाँसम्म सहयोग पुग्न केही समय लाग्छ ।

सम्बन्धित समाचार