शुक्रबार , बैसाख ७, २०८१

शुक्रबार , बैसाख ७, २०८१

चिचिला गाउँपालिकाको चिनारी गीत सार्वजनिक (भिडियो सहित)

image

संखुवासभा । चिचिला गाउँपालिकाको चिनारी गीत सार्वजनिक गरिएको छ । गाउँपालिकाको लगानीमा निर्माण गरिएको गीतको भिडियो गायिका कुसुम गुरुङको युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा कुसुम गुरुङ, पवित्रा गुरुङ, नवराज लाम्सोङ र सविन शंकरको आवाज रहेको छ । गायक गायिका सवै चिचिला गाउँपालिकाकै हुन् । गीतको शब्द दिपन कुमार श्रेष्ठले लेखेका हुन् भने पदम राजन मगरले संगीत दिएका हुन् । गीतलाई ताराबहादुर बुढाथोकी, नुदन लोहोरुङ र महेन्द्र राई सम्मिलित ३ सदसीय समितिले छनौट गरेका हुन् ।

मनोज राईले छायाँकन तथा सम्पादन गरेको गीतको भिडियोमा चिचिला गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रहरु, विकाश निर्माण र जनजिविकाहरुको दृश्य राखिएको छ । गीतको लागि ध्यान कुलुङ र दुर्गा बान्तावा राईले ड्रोन भिडियो खिचेका हुन् । मनिराज गुरुङले निर्देशन गरेको भिडियो माताश्री सञ्चार गृहले निर्माण गरेको हो ।

भिडियो

https://www.youtube.com/watch?v=MF2pQcRccDY&t=1s

सम्बन्धित समाचार