शनिबार , बैसाख ८, २०८१

शनिबार , बैसाख ८, २०८१

डिजेलमा २९ र पेट्रोलमा २० रुपियाँले घट्यो

image

काठमाडौं, असार ११ गते । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने जानकारी दिनुभएको हो ।
उद्योगमन्त्री बडूले डिजेलमा २९ रुपियाँ, पेट्रोलमा २० रुपियाँ कर कटौती गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपियाँ पर्नेछ ।
यसअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको थियो ।
नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य बढाएको थियो ।
अहिले पेट्रोल प्रतिलिटर १९९ रुपियाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपियाँमा कारोबार भइरहेको छ ।
सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।

सम्बन्धित समाचार