शुक्रबार , बैसाख ७, २०८१

शुक्रबार , बैसाख ७, २०८१

तपाईंको शरीरमा वायु प्रदूषणको विषाक्त(टोक्सिन) पदार्थहरू कम गर्न यी तरकारीहरू खानुहोस्

image

काठमाडौँ,  वायु प्रदुषण भन्नाले मानव स्वास्थ्य र समग्र वातावरणका लागि हानिकारक पदार्थहरू वायुमण्डलमा निस्कनुलाई भनिन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार वायु प्रदूषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसको मृत्यु हुने गरेको छ । निम्न र मध्यम आय भएका राष्ट्रहरूमा, दस मध्ये नौ जनाले डब्ल्यूएचओको प्रदूषण दिशानिर्देश स्तर भन्दा बढी प्रदुषित हावामा सास फेर्छन् ।

वायु प्रदुषणको चपेटामा परेका मानिसहरू विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त हुन्छन्। नाक, घाँटी, आँखा वा छाला चिलाउनुका साथै टाउको दुख्नु, चक्कर लाग्नु, वाकवाकी लाग्नु सबै वायु प्रदूषणका लक्षण हुन्। वायु प्रदूषणको दीर्घकालीन परिणामहरू वर्षौं वा जीवनभर पनि रहन सक्छन्। यसबाट व्यक्तिको मृत्यु पनि हुन सक्छ ।

डेलावेयर विश्वविद्यालयका अनुसन्धानकर्ताले अजवाइन, अजमोदा (पास्लि), गाजरजस्ता तरकारीहरूको नियमित सेवन गरेमा, हाम्रो शरीरमा हुने वायु प्रदूषणको प्रभावलाई कम गर्न सकिन्छ । यसले सिगरेटको धुवाँ र वायु प्रदूषणबाट उत्पन्न टोक्सिनलाई सोस्न सक्छ भनेर प्रमाणित गरेका छन् । SciTechDaily

 

सम्बन्धित समाचार