बिहिबार , बैसाख ६, २०८१

बिहिबार , बैसाख ६, २०८१

तीनजुरे मिल्केसँगै नुनढाकीलाई समेत पर्यटन हव बनाइने : मन्त्री थापा

image

प्रदेश नं १ का वन तथा भु–संरक्षण मन्त्री शेखरचन्द्र थापाले संखुवासभाको चैनपुर नगरपालिका वडा नं १ स्थित नुनढाकी, तीनजुरे–मिल्के क्षेत्रलाई पर्यटन हब बनाउन सकिने बताएका छन् ।

सो क्षेत्रको भ्रमणमा आई पुगेका मन्त्री थापाले पर्यटन हबको रुपमा विकास गर्न नुनढाकी सहित तिनजुरे–मिल्के–जलजले क्षेत्रसँगै तेह्रथुम र संखुवासभाको स्थलगत अवलोकन गर्ने बताए ।

पर्यटनसँग जोडिएर नुनढाकीलाई वन तथा वातावरण मन्त्रालयले के कसरी अघि बढाउन सकिन्छ भन्ने सन्दर्भमा स्थलगत भ्रमण गरी तिनजुरे–मिल्के–जलजले क्षेत्रका तेह्रथुम र संखुवसभासँग गाँसिएर आएकोे हुँदा पर्यटक हव बनाउन तिनजुरे–मिल्के–जलजलेसँगै नुनढाकी क्षेत्रलाई समेत जोडेर लाने हो भने नुनढाकी क्ष्त्रले पनि व्यापकता पाउने मन्त्री थापाको भनाइ थियो । उनले नुनढाकी, तिनजुरे–मिल्के–जलजले क्षेत्रसँग संखुवासभा र तेह्रथुम स्थलगत अवलोकन गरी त्यहाँ स्थित नगर प्रमुखसँग तथा मन्त्रालयमा छलफल गरी तिनजुरे–मिल्के–जलजले क्षेत्रलाई अघि बढाउन कार्ययोजनाका साथ अघि बढाइने बताए ।

नुनढाकीको पर्यटन विकासलाई अघि बढाउन कार्ययोजनाको साथ स्थानीयस्तरबाट यो प्रोजेक्टलाई सफल बनाउन तेहथुम र संखुवासभा मिलेर कार्ययोजना बनाएर मन्त्रालयमा पेश गरी अघि बढ्न समेत वन मन्त्री थापाले आग्रह गरे ।

आइतवार तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिद्धारा मन्त्री थापा लगायत मन्त्रालयका सचिव सञ्जीव राई सहितको प्रदेश मन्त्रालयबाट नुनढाकी आईपुगेका अनौपचारिक टोलीलाई स्वागत गरिएको थियो । उक्त स्वागत कार्यक्रममा पर्यटन प्रर्वधनका लागि विश्वकै धेरै प्रजातीको लालिगुराँस पाइने टिएमजे क्षेत्रसँग जोडिएको नुनढाकीमा भव्य स्वागत गदै पर्यटन पर्वद्धनका लागि आवश्यक बजेटको मागपत्र समेत संस्थाका अध्यक्ष प्रेमसञ्जय लिम्बुले मन्त्री थापालाई पेश गरेका थिए ।

उक्त मागपत्रमा प्रदेश मन्त्रालयमा यस संस्थाले पेश गरेको गुरुयोजना मुताविक क्रमिक रुपमा काम गर्न, कामको प्रत्यक्ष अवलोकन गरी प्रदेश सरकारको यस आर्थिक वर्षको छुट्याइने बजेटबाट सम्बोधन हुनेगरी प्रदेश सरकारको रातो कितावमा कार्यक्रम उल्लेख गराई समग्र जिल्ला, नगर र वडाको समृद्धिमा असिम सहयोग पु¥याइदिन हुन अनुरोध पेश गरिएको थियो ।

लालीगुँरासको क्षेत्र तिनजुरे–मिल्के–जलजले क्षेत्रसँग जोडिएको नुनढाकी प्राकृतिक सौदर्यसँगै पर्यटन पर्वद्धनका लागि संस्थाले स्थानीयबस्तरबाट चालेको यो कदमले आन्तरिक र वाह्य पर्यटक भित्रयाउन सके नुनढाकी क्षेत्रको मात्र नभै वडा, नगर तथा समग्र जिल्लाकै आर्थिक समृद्धिलाई टेवा पुग्ने नेपाली काँग्रेस महासमिति सदस्य दिपक लिम्बुले बताए ।

पर्यटन पर्वद्धनको लागि नुनढाकी क्षेत्रमा होमस्टेको व्यवस्था, तातोपानी स्नान कक्ष, लुगा परिवर्तन गर्ने स्थल, विशाल शिव मुर्तिको स्थापना, स्वीमिङपुल भित्रै वास्केटबल खेल्न सकिने स्वीमिङपुल, सामुदायिक हल, फुटवल ग्राउण्ड, ६० मिटर लामो ढुंगाद्धार निर्मित खुड्किला सहितको पदमार्ग, अपाङमैत्री बाटो, इन्टरनेटको सुविधा, पर्यटकलाई सुरक्षित महसुस गराउन सिसिटिभि क्यामेराको निगरानी, सुरक्षा गार्डको व्यवस्था समेत सो स्थलमा रहेको संस्थाको अध्यक्ष प्रेमसंजय लिम्बुले वताए ।

सो स्थल सम्म पुग्न यातायातको साधन सहजसँग चल्न सक्ने सडकको विकास, एक वस्तीबाट अर्को वस्ती भएको गाउँसम्म पुग्न पुलको निर्माण गर्ने योजना समेत रहेको तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिले जनाएको छ ।

सम्बन्धित समाचार