बुधबार , बैसाख १२, २०८१

बुधबार , बैसाख १२, २०८१

पृथ्वीराजमार्ग भासियो, यातायात ठप्प

image

तनहुँको आँबुखैरेनी खैरेनी गाउँपालिका–४ मस्र्याङ्दी जलविद्युत केन्द्रको ड्याम साइड नजिक राजमार्गको मूनिबाट पहिरो खसेकोले यातयात अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो ।

‘ठुलो परिमाणमा सडक भासिए मस्र्याङ्दी नदीमा खसेकोले जोखिम भएकाले दुवैतर्फी यातायात बन्द गरिएको छ’ घटनास्थल पुग्नु भएका नेपालले भन्नुभयो । पहिरो खसेको ठाउँमा एक सवारी पुरिएको अवस्थामा भेटिएकाले मानवीय क्षती समेत भएको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । पहिरो करिव एक सय मिटर तल सम्म खसेको र तारेभिर भएकोले उद्धार गर्न कठिनाई भएको ट्राफिक प्रमुख नेपालले जानकारी दिनुभयो । ‘नदी बढेको छ, भिर भएकोे सिधै तल झर्न सक्ने अवस्था पनि नभएकोले उद्धारमा कठिनाई भएको छ’ ट्राफिक प्रमुख नेपालले भन्नुभयो ।

जनपथ प्रहरीले मात्रै उद्धार गर्न कठिनाई भएकोले नेपाली सेना र शसस्त्र प्रहरीको टोलीलाई मगाईएको उहाँले जानकारी दिनुभयो । नदी किनाराबाटै टेवा पर्खाल (रिटेनिङ वाल) लगाएर मात्रै राजमार्ग सूचारु गर्न सकिने हुँदा तत्कालै राजमार्ग सूचारु गर्ने अवस्था नभएको नेपालले बताउनुभयो । बिहीबार राती परेको अविरल वर्षाले सडक भासिएको प्रहरीले जनाएको छ । गोरखापत्रबाट

सम्बन्धित समाचार