बिहिबार , बैसाख १३, २०८१

बिहिबार , बैसाख १३, २०८१

बागमती प्रदेश सरकारले ल्यायो ७० अर्ब ९३ करोड ९२ लाखको बजेट

image

बागमती प्रदेश सरकारले अहिलेसम्म सार्वजनिक भएको प्रदेश सरकारको बजेट मात्रै सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले नयाँ बजेट प्रस्तुत गरेका हुन् ।

चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख बजेट, पूँजीगत ४१ अर्ब ५६ करोड २४ लाख बजेट छुट्टाइएको छ ।

भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट र वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट व्यवस्थापन गरिएको हो ।

चालू आवमा सो प्रदेश सरकारले ५७ अर्ब ७२ करोडको बजेट ल्याएको थियो । चालू आवको भन्दा १३ अर्ब धेरैको नयाँ बजेट ल्याएको हो ।

सम्बन्धित समाचार