बिहिबार , बैसाख १३, २०८१

बिहिबार , बैसाख १३, २०८१

भाइरसका कारण जस्टिन बिबरलाई खतरनाक रोग ।

image

हलिउडका चर्चित गायक जस्टिन बिबर छुट्टी मनाउन गएका छन् । लगातार कन्सर्ट गर्ने जस्टिनले अहिले आफ्नो शरीरलाई केही समय आराम दिइरहेका छन् । यसको कारण उनी दुर्लभ रोगबाट पीडित छन् । जस्टिन बिबरले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै आफूलाई रामसे हन्ट सिन्ड्रोम भएको पत्ता लागेको बताए । जसका कारण उनको आधा अनुहारमा पक्षाघात भएको छ ।

इन्स्टाग्राममा आफ्नो एउटा भिडियो शेयर गर्दै जस्टिन बिबरले आफ्नो कन्सर्ट शो रद्द गर्नुको कारण फ्यानलाई बताए । भिडियोमा जस्टिन भन्छन्, ‘मलाई रामसे हन्ट सिन्ड्रोम भएको छ । जसका कारण मेरो आधा अनुहारमा पक्षाघात भएको छ । यो रोग भाइरसका कारण लागेको हो, जसले मेरो कान र मेरो अनुहारमा असर गरिरहेको छ । तपाईहरुले देख्न सक्नुहुन्छ कि मेरो एउटा आँखा झिम्किरहेको छैन। म एक तर्फबाट मुस्कुराउन पनि सक्दिन र मेरो नााक एतातिर चल्दैन।
जस्टिन बिबरका केही फ्यानहरू उनको आगामी शो रद्द भएपछि निकै चिन्तित थिए। उनलाई सन्देश दिँदै जस्टिनले अहिले स्टेजमा शारीरिक रूपमा प्रस्तुत हुन नसक्ने बताएका छन् । चिकित्सकले उनलाई आराम गर्न भनेका छन् ।

सम्बन्धित समाचार