शनिबार , बैसाख ८, २०८१

शनिबार , बैसाख ८, २०८१

मन्कीपक्स के हो र तपाइँलाई मन्कीपक्स कसरी लाग्न सक्छ ?

image

मन्कीपक्स, मन्कीपक्स भाइरसको कारणले हुन्छ, मन्कीपक्स भाइरस र स्मलपक्स भाइरस एउटै प्रजातिका  हुन।  विज्ञहरू भन्छन् मन्कीपक्स भाइरसको संक्रमणको सम्भावना कम छ र यस्ले मानिसको स्वास्थ्यमा धेरै गम्भिर असर पार्दैन ।

मन्कीपक्स भाइरसको  लक्षणहरु सामान्यतया  २ देखि ४ हप्ता सम्म रहन्छ । कहिले काहि गम्भीर अवस्था पनि आउन सक्छ। तर हाल सम्म, मन्कीपक्स भाइरसबाट मृत्यु हुने अनुपात लगभग ३-६% छ। मंकीपक्स संक्रमित व्यक्ति वा जनावरसँग नजिकको सम्पर्कबाट यो भाइरस मानिसमा सर्दछ । मंकीपक्स भाइरस घाउ, शरीरका तरल पदार्थ, श्वासप्रश्वासका थोपा र ओछ्यनहरूको सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ।

मन्कीपक्स एक भाइरल रोग हो जुन मुख्यतया मध्य र पश्चिम अफ्रिकाको उष्णकटिबंधीय वर्षावन क्षेत्रहरूमा देखा पर्दछ र कहिलेकाहीं अन्य क्षेत्रहरूमा पनि यो रोग फैलिने गर्छ। बिफरको (स्मलपक्स) उपचारको लागि विकास गरिएको एन्टिभाइरल एजेन्टलाई पनि मन्कीपक्स भाइरसको उपचार गर्नको लागि इजाजत दिइएको छ।

प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता हुन्छन्। एकपटक ज्वरो आएपछि रातो दागहरू देखा पर्न सक्छ, प्राय अनुहारबाट सुरु हुन्छ  त्यसपछि शरीरका अन्य भागहरूमा फैलिन्छ, प्रायः हातको हत्केला र खुट्टाको पैतलामा देखा पर्दछ। रातो दागहरुमा पिप जम्दछ र पछि फोकाहरु फुट्ने गर्दछन ।

रातो दागहरू अत्यन्तै चिलाउने वा पीडादायी हुन सक्छ, यो विभिन्न चरणहरूमा परिवर्तन हुन्छ  र अन्त्यमा पाप्रामा परिणत हुन्छ। यो घाउले दाग निम्त्याउन सक्छ।

यो लेख विश्व स्वास्थ्य संङगठनको वेबसाइटमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार