मंगलबार , बैसाख ११, २०८१

मंगलबार , बैसाख ११, २०८१

मेलम्चीको विकल्पमा सिस्नेरी खोलाको पानी ल्याउन अध्ययन शुरु

image

यसै सन्दर्भमा खानेपानी मन्त्री उमाकान्त चौधरी सहित खानेपानी मन्त्रालयका उच्च अधिकारी र काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन वोर्डका कार्यकारी निर्देशकको टोलीले काठमाडौं उपत्यकामा सिस्नेरी खोलाको पानी आपुर्ति गर्ने आयोजना स्थाल सिस्नेरी खोलाको स्थगगत अवलोकन गर्नुभएको छ ।
बागमती नदि नजिकको कुलेखानी खोला सिन्नेरीमा बाँध निर्माण गरी पानी संकलन गरी काठमाडौं उपत्यकाबासीलाई मेलम्ची खानेपानीको विकल्पको रुपमा यस आयोजनाको पूर्व सम्भाव्यता अध्ययनको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

आयोजना अन्तर्गत निर्माण हुने बाँध कुलेखानी खोला र वागमती नदिको दोभान भन्दा करिव २०० मिटर माथि बनाउने प्रस्ताव गरिएको छ । प्रस्तावित बाधको लम्मवाई ३ सय ४० मिटर र उचाई ६० मिटर रहने छ ।
यस बाँधमा जम्मा गरिएको पानी सिस्नेरी देखि करिव २ किलोमिटर उत्तरमा रहेको दरवन डाँडाँमा पम्पिङ्ग गरी पठाउने र उक्त स्थानमा पानी पोखरी तथा प्रशोधन केन्द्र बनाउने प्रावधान रहेको छ । मेल्मची परियोजानको विकल्पको रुपमा यो परियोजना तत्काल अघि बढाइने मन्त्री चौधरी बताउनु भयो ।
दैनिक १ करोड ७० लाख क्युविक मिलिलिटर उत्पादन क्षेमता रहेको आयोजनाको निर्माणका लागि २६ अर्ब लाग्ने प्राराम्भविक अनुमान गरिएको उपत्यका खानेपानी ब्यवस्जथापन वोर्डका कार्यकारी निर्देशक संजिव विक्रम राणाले बताउनुभयो ।
आयोजना स्थल फर्पिङ स्टेशनबाट १४ किलोमिटर दक्षिणमा पर्दछ ।
यस आयोजना अन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगते खोला र कुलेखानी खोलाको पानी संकलन गरी हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको भैँसेपाटीस्थित पानी पोखरीमा पठाई काठमाडौं उपत्यकामा पानी वितरणको लक्ष्य राखिएको छ । एन.टि.भि.

सम्बन्धित समाचार