शुक्रबार , बैसाख ७, २०८१

शुक्रबार , बैसाख ७, २०८१

राष्ट्रपतिसमक्ष चारमन्त्रीद्वारा मन्त्री पदको शपथ ग्रहण

image

राष्ट्रपतिसमक्ष शपथ लिने मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा र भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हुनुहुन्छ ।

मन्त्रिपरिषद्मा नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै मन्त्री पदको बहाली गर्नुहुने छ । गोरखापत्र अनलाइन

सम्बन्धित समाचार