शुक्रबार , बैसाख ७, २०८१

शुक्रबार , बैसाख ७, २०८१

चाँगुनारायण नगरपालिका र रोटरी क्लव अफ मध्यपुर बिच फोहरमैला व्यावस्थापन सम्वन्धमा छलफल

image

भक्तपुर, चाँगुनारायण नगरपालिका र रोटरी क्लव अफ मध्यपुर बिच फोहरमैला व्यावस्थापन सम्वन्धमा छलफल भएको छ । छलफलको क्रममा फोहरमैला व्यावस्थापन गर्नको लागि जापानी प्रविधि फुकुवोका प्रयोग गर्ने वारेमा छलफल भएको थियो ।

उक्त छलफलमा चाँगुनारायण नगरपालिकाको तर्फवाट मेयर जीवन खत्री तथा प्रमूख प्रशासकिय अधिकृत हरी प्रसाद चापागाई र रोटरी क्लव अफ मध्यपुर शाखाको तर्फबाट संस्थापक अध्यक्ष सुरेन्द्र विक्रम प्रजापति, वर्तमान अध्यक्ष विष्णु वहादुर कार्की लगायतको सहभागीता रहेको थियो ।

यो प्रविधि नेपालमा प्रयोग गर्न सके फोहरमैला व्यवस्थापन गर्नको लागि धेरै नै सहज हुने उक्त छलफलमा निश्कर्ष निकालिएको छ ।

उक्त प्रविधि गन्ध रहित तथा फोहर पानीलाई शुद्घ वनाएर पुन प्रयोग गर्न सकिन्छ । करिव ६० वर्ष अधि देखि नै जापानले यो प्रविधि प्रयोग गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार