शनिबार , बैसाख ८, २०८१

शनिबार , बैसाख ८, २०८१

चीनको दक्षिणपश्चिममा ६.६ म्याग्निच्युडको भूकम्प, ७ जनाको मृत्यु, चेङ्दु सहरका भवनहरु हल्लिए

image

बेइजिङ, चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार भूकम्पमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले चाइना अर्थक्वेक नेटवर्क सेन्टरलाई उद्धृत गर्दै स्थानीय समय अनुसार दिउँसो १२ः२५ बजे भूकम्प गएको र भूकम्पको केन्द्रविन्दु २९.५९ डिग्री उत्तर अक्षांश र १०२.०८ डिग्री पूर्वमा जमिनबाट १६ किलोमिटर गहिराइमा रहेको जनाएको छ ।

लुडिङ काउन्टीबाट ३९ किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रविन्दु पाँच किलोमिटरको दायराभित्र रहेका धेरै गाउँहरू थिए । भूकम्पको धक्का केन्द्रबिन्दुबाट २२६ किलोमिटर टाढा रहेको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा पनि महसुस गरिएको थियो । चिनियाँ सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विर र भिडियोहरूमा चेङ्दुमा भवनहरू हल्लिरहेको देख्न सकिन्छ। सिचुआन प्रान्त तिब्बतको छेउमा अवस्थित छ र भूकम्पको जोखिममा छ। यस प्रान्तमा सन् २००८ मा विनाशकारी भूकम्प गएको थियो, जसमा करिब ९० हजार मानिसको मृत्यु भएको थियो।

दक्षिणपश्चिम चीनमा सोमबार आएको ६.६ म्याग्निच्युडको भूकम्पले चेङ्दु मेगासिटीका भवनहरू हल्लाएको छ । जहाँ कोभिड–१९ लकडाउनका कारण लाखौं बासिन्दा घरमै थुनिएका छन् । भूकम्पको धक्का मेगासिटी चोङकिङमा पनि महसुस गरिएको थियो । चोङकिङका एक बासिन्दाले भूकम्पको धक्का बलियो भएको र उनको पाँचौं तलाको अपार्टमेन्टमा रहेका फर्निचरलाई हल्लाएको बताए।

चीनको सरकारी टिभी सीजीटीएनले भूकम्पको केन्द्रबिन्दुमा ५०० भन्दा बढी उद्धारकर्मी पठाइएको जनाएको छ। प्रारम्भिक भूकम्प गएको एक घण्टा नबित्दै पूर्वी तिब्बतमा ४.६ म्याग्निच्युडको सानो भूकम्प गएको थियो ।

सम्बन्धित समाचार