आइतबार , भाद्र २३, २०८१

आइतबार , भाद्र २३, २०८१

सत्तारुढ दल र काँग्रेसबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति

image

काठमाडौँ- सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ ‍दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने विषयमा सहमति जुटेको बैठकमा सहभागी नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनु भयो ।

”सहकारी ठगी प्रकरणमा समिति गठनमा सत्तापक्ष र प्रतिपक्षी बीच सहमति बनेको छ । त्यसको क्षेत्राधिकार/ टिओआर के हुने भन्ने विषयमा दलहरु बीच छलफल हुने छ र त्यसका लागि कार्यदल बनाइएको छ” काँग्रेस नेता लेखकले नेपाल टिभी अनलाइनलाई बताउनु भयो ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल बीच समिति गठन गर्ने सहमति भएसँगै सदनको अवरोध हटने भएको छ । प्रुमख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म सदन चल्न नदिने अडान लिदै आएको थियो । सदनका बैठकहरु समेत प्रभावित हुँदै आएका छन् । एन.टि.भी.

सम्बन्धित समाचार