शुक्रबार , बैसाख ७, २०८१

शुक्रबार , बैसाख ७, २०८१

सक्षम नेता गठबन्धनभित्र : बाबुराम भट्टराई

image

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

लोकतान्त्रिक–वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १ को घरदैलो कार्यक्रममा आज सहभागी हुनुभएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताउनुभयो ।

“देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको बताउनुभयो । गठबन्धनलाई बलियो बनाएमात्र संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने उहाँको भनाइ छ ।

काठमाडौँ क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रदेशसभा (१)मा दीपेन्द्र श्रेष्ठ र प्रदेशसभा (२)मा सुरजचन्द्र लामिछाने उम्मेदवार बन्नुभएको छ । एन.टि.भि.

सम्बन्धित समाचार