बुधबार , बैसाख १२, २०८१

बुधबार , बैसाख १२, २०८१

हल्का वर्षाको सम्भावना

image

हाल देशमा पश्चिमी वायुको समान्य प्रभाव रहनुका साथै पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र ‘सित्रङ्ग’ अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

दिउँस प्रदेश १ र मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज काठमाडौँको न्यूनतम ११ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित समाचार