शुक्रबार , बैसाख ७, २०८१

शुक्रबार , बैसाख ७, २०८१

खाना खाइसकेपछि ५ मिनेट मात्र गर्नुहोस् यो काम, मधुमेह नियन्त्रणमा रहनेछ ?

image

शरीरमा ग्लुकोजको मात्रा अत्याधिक बढेमा मधुमेहको (diabetes) समस्या हुन्छ । इन्सुलिनले यसलाई सन्तुलनमा राख्न धेरै मद्दत गर्छ। इन्सुलिन प्यान्क्रियाजबाट निस्कने हर्मोन हो, जसले रगतमा ग्लुकोजको स्तरलाई व्यवस्थित र नियन्त्रण गर्ने काम गर्छ। भर्खरै गरिएको एक अध्ययनमा यो कुरा बाहिर आएको छ कि खाना पछि हल्का हिड्दा रगतमा चिनीको मात्रा कम हुन्छ।
एक नयाँ अनुसन्धानले खाना खाएपछि केही बेर हिँड्दा रगतमा चिनीको मात्रा कम हुने देखाएको छ । स्पोर्ट्स मेडिसिन जर्नलमा प्रकाशित यस अनुसन्धानमा शोधकर्ताहरूले लामो समयसम्म बस्नुको सट्टा उभिएर हिँड्ने जस्ता हल्का शारीरिक क्रियाकलापहरूले इन्सुलिन र रगतमा चिनीको मात्रा लगायत मुटुको स्वास्थ्यलाई कसरी असर गर्छ भन्ने बारे सातवटा विभिन्न अध्ययनहरूको विश्लेषण गरेका छन्।
अनुसन्धानको नतिजालाई हेर्दै अन्वेषकहरूले दिउँसो वा बेलुकाको खाना खाइसकेपछि बस्ने वा सुतेर बस्नुको सट्टा २ देखि ५ मिनेट हल्का हिड्दा रगतमा चिनीको मात्रा कम हुने सुझाव दिएका छन् । यसबाहेक खाना खाएपछि केही बेर उभिँदा पनि रगतमा चिनीको मात्रा कम हुन सक्छ।

सम्बन्धित समाचार