बिहिबार , बैसाख १३, २०८१

बिहिबार , बैसाख १३, २०८१

चीनको चाङ्डोमा कोरोना भेटिएपछि कडा लकडाउन, २ करोड मानिस घरभित्रै बस्‍न बाध्य

image

कोरोना संक्रमण बढ्न थालेपछि चीनिया शहर चाङडोमा लकडाउनको घोषणा गरिएको छ । यस शहरमा बसोबास गर्ने करिब २ करोड १० लाख मानिसलाई आफ्नो घर र कम्पाउण्ड बाहिर निस्कन निषेध गरिएको हो ।

लकडाउनका समय आवश्यक सरसामानको किनमेलका लागि एक घरबाट एकजना मात्रै घर बाहिर निस्कन अनुमति दिइएको छ । चाङडोमा बिहीबार १ सय ५७ जनामा कोभिड संक्रमण देखिएको थियो । जसमध्ये ५१ जना विरामी लक्षणविहिन छन् ।

यति थोरै संक्रमण हुँदा पनि लकडाउन गरिएको भन्दै सरकारको आलोचना गरिएको छ । चीनले शून्य कोभिड नीतिको कडाइका साथ पालना गर्दै आएको छ । शून्य कोभिड नीतिले आर्थिक वृद्धिलाई बाधा पुर्‍याउनुका साथै नागरिक असन्तुष्टि बढ्न थालेको बताइएको छ ।

चाङ्डो निवासीलाई घरभित्रै बस्न भनिएको छ । चाँडै नै शहरका संक्रमणका शंकास्पदहरुलाई परीक्षण गरिने बताइएको छ । कहिलेदेखि प्रतिबन्ध खुकुलो पारिन्छ भन्ने अनिश्चित रहेको छ ।

दक्षिण पश्चिम सिचुवान प्रान्तको राजधानी शहर समेत रहेको चाङ्डोमा प्रवेश र प्रस्थान दुबैमा प्रतिबन्ध लगाइएको छ । हाल सो शहरका विद्यालय बन्द गरिएका छन् । विमान ग्राउन्डेड गरिएका छन् ।

सम्बन्धित समाचार