शनिबार , बैसाख ८, २०८१

शनिबार , बैसाख ८, २०८१

मुख्यमन्त्री राजेन्द्रकुमार राईबाट शुभकामना व्यक्त

image

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आम नेपालीहरूको महान चाड बडादसैँ–२०७९ को सुखद् अवसरमा प्रदेश नं १ सहित देश, विदेशमा रहेको सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायू एवं प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

“नेपाल विविध भाषा धर्म संस्कृतिले धनी देश हो । सबै जातजाति, समुदायको आ–आफ्ना चाडपर्व छन् । नेपालीहरूले खुसी र उमङ्गले मनाउने दसैँ एउटा ठूलो पर्व हो । हाम्रा जुनसुकै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण योगदान गरेका छन् ।” मुख्यमन्त्री राईले प्रकाशन गर्नुभएको शुभकामना वक्तव्यमा भनिएको छ ।
उहाँले नेपालका सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक रहेकाले पर्वहरूको मौलिकतालाई कायम राख्दै संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो भन्नुभएको छ ।
उहाँले सो सन्देशमा भन्नुभएको छ “हाम्रा महत्वपूर्ण पर्वहरूका बीचमै आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न र संविधान, गणतन्त्र तथा सङ्घीयताको रक्षाका लागि लाग्न सबैसँग अपिल पनि गर्नुभएको छ ।–––

सम्बन्धित समाचार