शनिबार , बैसाख ८, २०८१

शनिबार , बैसाख ८, २०८१

२४ घण्टामा थप एक सय ७९ मा कोभिड सङ्क्रमण पुष्टि

image

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप एक सय ७९ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार नौ सय ५९ को नमूना परीक्षण गरिएको थियो । दुई हजार छ सयले पिसिआर र दुई हजार तीन सय ५९ को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा एक सय ७१ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय ७१ रहेको छ ।

सम्बन्धित समाचार