मंगलबार , असार १२, २०८१

मंगलबार , असार १२, २०८१

कोशी प्रदेश नामाकरणमा पार्टीको कमजोरी भएको माओवादीको ठहर

image

काठमाडौँ- नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गर्नु कमजोरी भएको स्वीकार गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको पक्षमा मतदान गर्नु कमजोरी भएको स्वीकार गर्दै पहिचानको पक्षमा उभिने निर्णय गरेको बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

पदाधिकारी बैठकलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री प्रचण्डले बिहीबारसम्ममा मन्त्रिपरिषद्लाई समेत पूर्णता दिन प्रयास गरिने बताउनुभएको महराले बताउनुभयो ।
प्रदेश १ को प्रदेशसभाले प्रदेशको नामकरणको निर्णय गर्दा माओवादीले पनि पक्षमा कोशी नामकै पक्षमा उभिएको थियो । तर, पहिचान पक्षधरले आन्दोलन चर्काएपछि माओवादीले कमजोरी स्वीकार गरेको हो ।

पहिचान पक्षधरको आन्दोलनका क्रममा चैत्र ५ गते घाइते भएका पदम लिम्बुको चैत्र १० गते मृत्यु भएको थियो ।
माओवादी केन्द्रले लिम्बुलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । एन.टि.भी

सम्बन्धित समाचार